४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ६० जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । शनिवार देशभर ६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ३६२ जनाको पिसिआर परिक्षणमा ६० जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको छ ।

शनिबार कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ । 

यस्तै, मुलुकभर ९ सय १५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १२ हजार ७ सय ९६ पीसीआर परीक्षण भएका छन् ।