• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ४ करोड



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाफा २ अर्ब ४ करोड रुपैयाँ  गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आफ्नो नाफा सार्वजनिक गरेको हो ।

बैंकको ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेकोमा जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकले चालू आवको ६ महिनामा खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढाएको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५.०८ प्रतिशत घटेको छ।

तर, बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । यता, कुल संचालन आम्दानी पनि ३९.२२ प्रतिशतले बढेर १० अर्ब ८६ करोड २६ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको संचालन नाफा भने २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ कायम भएको छ । वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ ।
बैंकले जगेडा तथा कोषमा भने २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ राखेको छ ।सो अवधिमा बैंकको निक्षेप संकलन पनि ६.५५ प्रतिशतले बढेर ४ खर्ब ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन २.९० प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ ।