११ माघ २०८१, शुक्रबार
,
Latest
ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ: ह्वाइट हाउस प्रहरीले जसलाई पनि सम्पती शुद्धीकरणको मुद्दा लगाइदिन्छ भन्ने हल्लामा कुनै सत्यता छैनः महान्यायाधिवक्ता बडाल प्रचण्डद्वारा सहिद परिवारसँग भेटवार्ता निशा अधिकारीसहित ‘प्ले इट वन’को टीम चलचित्र निर्माणमा, ‘माया प्रीति’ घोषणा कामकाजी अभिभावकको भरोसा बन्दै दिवा शिशु स्याहार केन्द्र भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त आज पनि सकिएन रविको थुनछेक बहस तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने गल्तिले पनि घरमा खाली नराख्नुहोस् यी ४ चिज बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुत्ता लगाउँदा ध्यान दिनुहोस् यी ६ कुराहरुमा !



अ+ अ-

एजेन्सी। जोतिषशास्त्र अन्तर्गत मानवजीवनसँग जोडिएको हरेक वस्तु कुनै न कुनै ग्रहसँग सम्बन्धित छ । कालपुरुष सिद्धान्तका अनुसार व्यक्तिको कुण्डलीको आठौं भाव पाइतालासँग सम्बन्धित छ । आठौं भावबाट भोग विलासिता र जीवनमा व्यक्तिले कति उन्नति गर्छ भन्ने पत्ता लाग्छ ।

हामीले थाहै नपाएका हुन सक्छौं तर जुत्ताले कामकुरोमा असर पारिररहेको हुन सक्छ । आठौं भाव पाइतालासँग सम्बन्धित हुनाले यसको असर जुत्तामा पनि पर्छ । ज्योतिषशास्त्रमा जुत्तालाई शनि राशिसँग सम्बन्धित मानिएको छ । जुत्ताका कारण काम बन्ने बिग्रने हुन सक्छ ।

१) कहिल्यै पनि उपहारमा पाएको वा चोरेको जुत्ता नलगाउनुस् । यसले तपाईको बढुवा रोक्छ अनि अरू काम पनि हुन दिँदैन ।

२) अड्कोपड्को परेका बेलामा वा जानीजानी च्यातिएको वा उध्रेको जुत्ता लगाएर जागिर खोज्न नजानुहोला । असफलता प्राप्त हुन्छ ।

३) अफिसमा वा कार्यक्षेत्रमा ब्राउन कलरको जुत्ता लगाएर जानुभयो भने काम बिग्रिन्छ ।

४) मेडिकल फिल्डमा लागेका वा फलामको काम गर्ने व्यक्तिहरूले सेतो जुत्ता नलगाएको राम्रो ।

५) बैंकमा काम गर्ने वा शिक्षाक्षेत्रमा काम गर्नेहरूले कफी रंगको जुत्ता नलगाउनुस् ।

६) पानीको काम गर्ने वा आयुर्वेदिक क्षेत्रमा काम गर्नेले नीलो जुत्ता नलगाएको बेस ।