२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुत्ता लगाउँदा ध्यान दिनुहोस् यी ६ कुराहरुमा !



अ+ अ-

एजेन्सी। जोतिषशास्त्र अन्तर्गत मानवजीवनसँग जोडिएको हरेक वस्तु कुनै न कुनै ग्रहसँग सम्बन्धित छ । कालपुरुष सिद्धान्तका अनुसार व्यक्तिको कुण्डलीको आठौं भाव पाइतालासँग सम्बन्धित छ । आठौं भावबाट भोग विलासिता र जीवनमा व्यक्तिले कति उन्नति गर्छ भन्ने पत्ता लाग्छ ।

हामीले थाहै नपाएका हुन सक्छौं तर जुत्ताले कामकुरोमा असर पारिररहेको हुन सक्छ । आठौं भाव पाइतालासँग सम्बन्धित हुनाले यसको असर जुत्तामा पनि पर्छ । ज्योतिषशास्त्रमा जुत्तालाई शनि राशिसँग सम्बन्धित मानिएको छ । जुत्ताका कारण काम बन्ने बिग्रने हुन सक्छ ।

१) कहिल्यै पनि उपहारमा पाएको वा चोरेको जुत्ता नलगाउनुस् । यसले तपाईको बढुवा रोक्छ अनि अरू काम पनि हुन दिँदैन ।

२) अड्कोपड्को परेका बेलामा वा जानीजानी च्यातिएको वा उध्रेको जुत्ता लगाएर जागिर खोज्न नजानुहोला । असफलता प्राप्त हुन्छ ।

३) अफिसमा वा कार्यक्षेत्रमा ब्राउन कलरको जुत्ता लगाएर जानुभयो भने काम बिग्रिन्छ ।

४) मेडिकल फिल्डमा लागेका वा फलामको काम गर्ने व्यक्तिहरूले सेतो जुत्ता नलगाएको राम्रो ।

५) बैंकमा काम गर्ने वा शिक्षाक्षेत्रमा काम गर्नेहरूले कफी रंगको जुत्ता नलगाउनुस् ।

६) पानीको काम गर्ने वा आयुर्वेदिक क्षेत्रमा काम गर्नेले नीलो जुत्ता नलगाएको बेस ।