२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर कप: गण्डकी र हेल्प नेपाल उपाधिका लागि खेल्दै



अ+ अ-

कास्की । गत वर्षको विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौँ पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’ प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल खेल दिउँसो दुई बजे सुरु हुनेछ । पोखरा रङ्गशालामा शुक्रबार सम्पन्न सेमिफाइनलको पहिलो पाहुना टोली श्रीलङ्का आर्मी टिमलाई पराजित गरी हेल्प नेपालले फाइनलमा स्थान बनाएको हो । घरेलु टोली गण्डकीले भने सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनल भिडन्तमा हेल्प नेपालसँगको भेट पक्का गरेको हो ।

गण्डकीले घरेलु मैदान र समर्थकको राम्रो साथ पायो । दर्शकको साथले उत्साहित गण्डकीले एपिएफलाई सोझो सेटमा नै पराजित गर्न सफल भयो । गण्डकीले २५–१७, २५–२० र २५–२२ मा एफिएपलाई निरास पारेको हो । पहिलो सेमिफाइनलमा पाहुना टोली श्रीलङ्काको आर्मी टिमलाई हेल्प नेपालले ३–१ को सेटमा हराउन सफल भयो । खेलमा श्रीलङ्काले पहिलो सेट २५–१८ मा लिए पनि हेल्प नेपालको उत्कृष्ट पुनरागमन गर्न सफल भयो । त्यसपछिका तीन सेट लगातार २५–१४, २५–१८ र २६–२४ मा आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्न सफल भयो ।

महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पुलिसलाई २५–१७, १८–२५, २५–२० र २५–१९ मा पराजित गर्न सफल भयो । प्रतियोगितमा तृतीय भएको आर्मीले नगद रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । महिला तथा पुरुष दुवैको फाइनल खेल आज शनिबार हुनेछ ।

महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरि न्यूडायमण्डले उपाधिका लागि खेल्नेछन् । यो खेल बिहान ११ बजे सुरु हुनेछ ।

आज नै पुरुषतर्फको तृतीय स्थानका लागि श्रीलङ्का आर्मी र एपिएफ क्लब खेल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टोलीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

यसैगरी तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही नगद रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ छ-छ टोलीले सहभागिता जनाएका थिए । विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा यसअघि पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्लब र दोस्रो र तेस्रोमा लगातार नेपाल एपिएफ क्लबले उपाधि जितेको छ ।

यसैगरी पुरुषतर्फ पहिलोमा गण्डकी प्रदेश, दोस्रोमा त्रिभुवन आर्मी र तेस्रो संस्करण घरेलु टोली गण्डकी च्याम्पियन बनेको थियो ।