• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :…

अत्यधिक हिमपातले यसरी प्रभावित भएको छ अमेरिकाको जनजीवन



न्यूयोर्क । अमेरिकाका कतिपय स्थानमा हावाहुरीका कारण जनजीवन अस्तव्यस्त समेत भएको छ भने कतै बाक्लो हिउँ परेका कारण सयौं उडान रद्द भएका छन् । यसका साथै हावाहुरीले यस क्षेत्रको विद्युत् आपूर्तिमा पनि असर गरेको छ ।

यस वर्ष अधिक हिमपात भएको बताइएको छ र यसबाट विद्युत् समेत कटौती हुने क्रम बढेको छ । धेरैजसो ठाउँमा तापक्रम शून्यभन्दा तल झरेपछि लाखौं अमेरिकीहरूले ज्यादै चिसोको सामना गर्नु परेको छ ।

न्यूयोर्क बफेलोमा २ फिटसम्म हिमपात भएको छ । उच्च हावा, हिउँ र बरफ मिसिएको वर्षाले रूखहरू र विजुलीका पोलहरु ढालेका पनि देखिएको छ । अमेरिकाको मेरिल्याण्ड, न्यूयोर्क, डिसी, नर्थक्यारोलिना आयोवा कोलोराडो, कनेक्टिकट, जर्जिया, ओक्लाहोमा, टेक्सस, वेस्ट भर्जिनिया, विस्कनसिन लगायतका राज्यमा हिमपातले जनजिबन अस्तव्यस्त बनाएको छ।

हिमपातका कारण सडक दुर्घटना समेत बढेको बताइएको छ भने राज्य संयन्त्रले सुचना जारी गर्दै सवारी साधन चलाउँदा सावधानी अपनाउन अनुरोध गरेका छन् । यहाँका मुख्य राजमार्गहरुमा हिमपातका कारण दुर्घटना भएका गाडीहरु सडकको दायाँबायाँ प्रशस्तै देख्न पाईन्छ । बाटोमा हिउँ पन्छाउने डोजरहरु कुदिरहेका देख्न सकिन्छ भने सर्वसाधारण मानिसहरु छिटफुट बाहेक बाहिर निस्किएका छैनन् । व्यक्तिहरुले आफ्नो घर अगाडि हिउँ पगाल्न नुन खन्याई रहेको देखिन्छ ।

 

 

लामो समयदेखि न्यूयोर्कको बफेलोमा बस्दै आउनुभएका नेपाली लोकनाथ अधिकारीका अनुसार हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । सडकमा सबारी साधनहरु फसेका देखिएको छ । अधिकारीले भन्नुभयो, बढ्दो चिसोका कारण बिजुली बत्तिमा अबरोध भएको छ भने पानीका पाईपहरु फुटेर पानी आपूर्तिमा पनि अवरोध उत्पन्न भएको छ ।

यसैगरी अमेरिकाको एक प्रमुख पर्यटकीय स्थल नायग्रा फल्स पनि हिउँले ढाकेको छ । सोही स्थानमा व्यवसाय गर्दै आउनुभएका रघु भट्टराईका अनुसार यतिबेला यो पर्यटकीय क्षेत्रमा शुन्यता छाएको छ । मानिसहरु त्यहाँ पुग्न नसकेपछि यो पर्यटकीय स्थालमा पनि चहल पहल ठप्प छ ।

भट्टराईका अनुसार नायग्राको झरना तल खस्न नपाउँदै जम्ने गरेको छ । सडक पनि हिउँले ढाकेको हुँदा त्यहाँसम्म नै मानिसहरु पुग्न सकेका छैनन् । साथै यहाँ बसोबास गर्दै आएका मानिसहरु पनि अत्यावश्यक काम बाहेक बाहिर निस्कन सकेका छैनन् ।