६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशुतोषको शतकमा बागमतीद्वारा कोशीलाई २ सय ७४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ओपनर आशुतोष घिरैयाको शतकमा बागमती प्रदेशले कोशी प्रदेशलाई २ सय ७४ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन जोड्यो ।

बागमतीको लागि आक्रामक ब्याटिङ गर्दै आशुतोषले शतकिय ईनिङ खेले । आशुतोषले १ सय ११ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै १ सय १८ रन जोडे । यससँगै आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा शतक प्रहार गरेका थिए । उनको करीयरको भने यो पहिलो शतक हो । जारी प्रतियोगितामा भने यो पाँचौ शतक हो ।

बागमतीका लागि विकेटकिपर रविन जोशीले ४३ र रितले ४९ रन बनाए । कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए । कमल खत्री र हेमन्त राईले २(२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।