• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   नेसनल चेस च्याम्पियनसिप; खुल्लातर्फ राजन सुवेदी र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन ★   रातारात धन कमाउने चाहनाले समाजमा अपराध  बढ्यो  ★   साउदीमा हजयात्रीलाई हैरानी, हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   मन्त्रिपरिषद् बैठक: भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय ★   त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि खाल्डो पर्‍यो, उडान र अवतरण बन्द ★   गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ: काँग्रेस सांसद केसी ★   १४ किलो सुन तस्करी प्रकरण: सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश ★   विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन सुझाव ★   गर्मीमा खर्बुजा खाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ★   एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि

वकील र न्यायाधीश बन्ने बिद्यार्थीले एमाले अध्यक्ष ओलीलाई के भने ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग लिमीठाना मावि पर्वत फलेबासमा कक्षा ११ र १२ मा कानून पढ्ने विद्यार्थीहरूले भेट गरेका छन् ।

सर्वोच्च अदालत हेर्न आएका बिद्यार्थीहरुले बालकोट पुगेर ओलीसंग भेट गरेका हुन् । भेटमा बिद्यार्थीहरुले आफूहरु वकील र न्यायाधीश बन्ने कुरा सुनाएका थिए ।

भेटपछि ओलीले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

उनीहरूले भने – ‘हामी पर्वतदेखि भेट्न आएका नि बा !’

मैले सोधें – ‘काठमाडौंमा के के हेर्यौ त ?’

उनीहरू सर्वोच्च अदालत हेर्न जाने भन्दै थिए। अनि भन्दै थिए – वकील बन्ने हो, न्यायाधीश बन्ने हो ।

लिमीठाना मावि पर्वत फलेबासमा कक्षा ११ र १२ मा कानून पढ्ने विद्यार्थीहरू आज बिहानै बालकोट आएका थिए। माघे संक्रान्तिमा बनाएको लड्डु पनि सँगै बसेर खाइयो।

आजको बिहान धेरै रमाइलो भयो।