७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस् सोमबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ स्थिर



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युके पाउण्डको भाउ बढेको छ । साथै अन्य केही देशको विनिमयदर घटबढ भएको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७६ पैसा तोकिएको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ५८ पैसा तोकिएको छ।  

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ ६९ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

साथै जापानी यनको खरिददर १० रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७१ पैसा तोकिएको छ ।