• १२ भाद्र २०८१, बुधबार
  •      Wed Aug 28 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट ब्याङ्कमा जारी इजरायली कारबाहीमा १० प्यालेस्टिनीको मृत्यु: रेड क्रिसेन्ट ★   बिरालोसँग सम्बन्धित यी संकेतहरूले तपाईलाई धनी बनाउन सक्छ ★   जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता ★   पर्वमा परिवार खोजिरहेका आँखाहरुसँग तीज-फोटो फिचर ★   नेपाली सेनाको प्रधान सेनापतिमा रथी अशोकराज सिग्देल नियुक्त ★   अमेरिकामा नेपाली युवतीको गोली प्रहार गरी हत्या ★   यौन दुर्व्यवहारको आरोपपछि मलयालम चलचित्र–कलाकार संघ विघटन ★   लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताको शपथ ★   पल शाहको फिल्म ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने ★   गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध

ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट



काठमाडौँ । संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ)का नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौँमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता अनन्तराज लुइँटेलले दायर गर्नुभएको रिटमा मञ्चको साधारण सदस्य हुन मञ्चको विधानमा संवैधानिक कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुपर्ने व्यवस्था भए पनि अध्यक्ष अर्यालले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा स्नातकोत्तर (एलएलएम)को प्रमाणपत्र प्रस्तुत गरेको उल्लेख छ । उक्त रिटमाथिको सुनुवाई बुधबारका लागि तोकिएको छ ।

गत शुक्रबार सम्पन्न मञ्चको २१औँ साधारणसभाबाट अध्यक्षमा अर्याल निर्वाचित हुनुभएको थियो । जसमा अर्यालले १२ मत प्राप्त गर्दा रिट निवेदनकर्ता अधिवक्ता लुइँटेलले पाँच मत प्राप्त गर्नुभएको थियो । साथै अर्का उम्मेदवार अधिवक्ता रुद्र शर्मा दुई मत प्राप्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस- संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल

आफू मञ्चको संस्थापक सदस्य भएको र वरिष्ठताका आधारमा समेत आफू अध्यक्ष हुनुपर्ने अधिवक्ता लुइँटेलले रिटमा माग गर्नुभएको छ । विधानको धारा ९(क)मा संवैधानिक कानुनको विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी कानुन व्यवसायमा संलग्न वा सोही योग्यता पुगी संवैधानिक कानुनको विकास तथा सम्वर्द्धनमा क्रियाशील व्यक्ति मञ्चको सदस्य बन्न सक्ने व्यवस्था छ । रासस