२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ब्याङ्कमा जारी इजरायली कारबाहीमा १० प्यालेस्टिनीको मृत्यु: रेड क्रिसेन्ट



अ+ अ-

एजेन्सी । वेस्ट ब्याङ्कको उत्तरी सहरहरूमा इजरायली सेनाले गरेको कारबाहीमा परी कम्तीमा १० प्यालेस्टिनी नागरिक मारिएको रेड क्रिसेन्टका प्रवक्ता अहमद जिब्रिललले बुधबार बताउनुभएको छ ।

इजरायली आक्रमणमा परी जेनिन सहरमा दुई जना प्यालेस्टिनी, नजिकैको गाउँमा अन्य चार जना र टुबास सहर नजिकैको शरणार्थी शिविरमा थप चार जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको प्रवक्ता जिब्रिलले बताउनुभयो ।

इजरायली सेनाले बुधबार बिहान उत्तरी वेस्ट ब्याङ्कमा ‘जेनिन र तुलकार्ममा आतङ्कवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिरहेको जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलीद्वारा ६४० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएएछि गाजाको युद्धसँगै वेस्ट ब्याङ्कमा हिंसा बढेको छ ।

इजरायली अधिकारीकाअनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा कम्तीमा १९ इजरायली मारिएका छन् ।