१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको प्रधान सेनापतिमा रथी अशोकराज सिग्देल नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा रथी अशोकराज सिग्देल नियुक्त हुनु भएको छ ।

हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान‌को धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्‌को सिफारिसमा प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक बिज्ञप्ति जारी गर्दे हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देलज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति
२०८१/५/२४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको जनाउनु भएको छ ।