८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआएकोमा राष्ट्रपतिको असन्तुष्टि

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआएकोमा राष्ट्रपतिको असन्तुष्टि
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रुपमा सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

होटल संघ नेपाल (हान) ले मंगलवार काठमाडौंमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै उहाँले सो चासो व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरु पूर्ण रुपमा सञ्चालनमा आए बढी भन्दा बढी विदेशी पर्यटकहरु भित्र्याएर मुलुकलाई समृद्ध बनाउने काममा कठिनाई नहुने स्पष्ट पार्नुभयो । उहाँले सो अन्तर्राष्ट्रिय विमानस्थलहरु छिट्टै पूर्ण रुपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको समेत बताउनु भयो ।

होटल क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसमार्फत राष्ट्रको समृद्धिका लागि ध्यान दिन पनि होटल व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालको रैथाने खानालाई सोझै कृषकहरुसँग सहकार्य गरेर पर्यटकहरुको सत्कारमा लगाउनसके त्यसले होटल क्षेत्रको विकासमा थप योगदान दिनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘होटल क्षेत्र देशकै अर्थतन्त्रको प्रमुख आधार हो । नेपालको होटल क्षेत्रले अतिथि देवो भवःको मुल मर्मलाई जीवन्त राखि विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुुनु खुशीको विषय हो । सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हाँसिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीहरुको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु । पर्यटन तथा होटलको बिस्तारसँगै नेपालका नयाँ गन्तव्यहरुको विकास र समृद्धि भएको तथ्य उल्लेख गर्न चाहन्छु । मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरु भइरहेको, अगाडि बढिरहेका छन् ।

साथै मुलुकका नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु पूर्ण सञ्चालनमा आई मुलुकमा बढिभन्दा बढी विदेशी पर्यटकहरु भित्र्याउनसके समृद्धि छिट्टै हासिल गर्न कठिनाई हुने छैन । मलाई विश्वास छ–यो पनि चाँडै नै एयररुट खुल्छ होला । हामीलाई आशा छ । यस कार्यका लागि विगत छ दशकदेखि यहाँहरुले खेल्नुभएको भुमिका उल्लेख्य नै छ । र भविष्यमा समेत यस कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । नेपालको विशिष्टता, प्राकृतिक शौन्दर्यता, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्दछ । यस वर्ष १० लाख भन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।

पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातित ढंगले अघि बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यहरुमा खानेपानी, शौचालय, सरसफाई, ढल व्यवस्थापन, साईकल लेन, निःशुल्क इन्टरनेटलगायतका आधारभुत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव अझ व्यापक हुनेछ भन्ने मलाई लाग्दछ । अहिले मुलुकमा एकपछि अर्को गरी ठूलाठूला होटलहरुको स्थापना भइरहेको छ ।

हामीले पर्यटन उद्योगहरुको संरचना खडा गरी स्वदेश, विदेशी पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्न सक्षम रहेको ठानेको छु । यससँगै नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत यसैसाथ विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको महशुस गरेको छु । त्यस्तै जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यबस्तुहरु सिधै तारे होटलहरुमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन म आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्यता, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।