• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआएकोमा राष्ट्रपतिको असन्तुष्टि



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रुपमा सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

होटल संघ नेपाल (हान) ले मंगलवार काठमाडौंमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै उहाँले सो चासो व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरु पूर्ण रुपमा सञ्चालनमा आए बढी भन्दा बढी विदेशी पर्यटकहरु भित्र्याएर मुलुकलाई समृद्ध बनाउने काममा कठिनाई नहुने स्पष्ट पार्नुभयो । उहाँले सो अन्तर्राष्ट्रिय विमानस्थलहरु छिट्टै पूर्ण रुपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको समेत बताउनु भयो ।

होटल क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसमार्फत राष्ट्रको समृद्धिका लागि ध्यान दिन पनि होटल व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालको रैथाने खानालाई सोझै कृषकहरुसँग सहकार्य गरेर पर्यटकहरुको सत्कारमा लगाउनसके त्यसले होटल क्षेत्रको विकासमा थप योगदान दिनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘होटल क्षेत्र देशकै अर्थतन्त्रको प्रमुख आधार हो । नेपालको होटल क्षेत्रले अतिथि देवो भवःको मुल मर्मलाई जीवन्त राखि विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुुनु खुशीको विषय हो । सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हाँसिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीहरुको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु । पर्यटन तथा होटलको बिस्तारसँगै नेपालका नयाँ गन्तव्यहरुको विकास र समृद्धि भएको तथ्य उल्लेख गर्न चाहन्छु । मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरु भइरहेको, अगाडि बढिरहेका छन् ।

साथै मुलुकका नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु पूर्ण सञ्चालनमा आई मुलुकमा बढिभन्दा बढी विदेशी पर्यटकहरु भित्र्याउनसके समृद्धि छिट्टै हासिल गर्न कठिनाई हुने छैन । मलाई विश्वास छ–यो पनि चाँडै नै एयररुट खुल्छ होला । हामीलाई आशा छ । यस कार्यका लागि विगत छ दशकदेखि यहाँहरुले खेल्नुभएको भुमिका उल्लेख्य नै छ । र भविष्यमा समेत यस कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । नेपालको विशिष्टता, प्राकृतिक शौन्दर्यता, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्दछ । यस वर्ष १० लाख भन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।

पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातित ढंगले अघि बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यहरुमा खानेपानी, शौचालय, सरसफाई, ढल व्यवस्थापन, साईकल लेन, निःशुल्क इन्टरनेटलगायतका आधारभुत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव अझ व्यापक हुनेछ भन्ने मलाई लाग्दछ । अहिले मुलुकमा एकपछि अर्को गरी ठूलाठूला होटलहरुको स्थापना भइरहेको छ ।

हामीले पर्यटन उद्योगहरुको संरचना खडा गरी स्वदेश, विदेशी पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्न सक्षम रहेको ठानेको छु । यससँगै नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत यसैसाथ विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको महशुस गरेको छु । त्यस्तै जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यबस्तुहरु सिधै तारे होटलहरुमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन म आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्यता, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।