१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक वर्ष १५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरु अघि सारेका हौंः उप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताउनु भयो ।

उहाँले १० वटा गौरवका योजनाहरुमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताउनु भयो । उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तिमा १५ हजार महानगरबासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरको उल्लेख गर्नुभयो । उहाँले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आगामी तीन वर्षमा पूरा गर्नेगरी १० वटा गौरवका योजनाहरु अघि सारेका छौं । ती योजनाले तीन वर्षमा ट्रान्जिवल परिणाम दिने अपेक्षा राखेका छौं । जसमध्ये महत्वपूर्ण गौरवको आयोजना रोजगारीमा जोडिएको छ । रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौं । यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौं । कम्तीमा पनि १५ हजार जना महानगरबासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौं ।

सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौं महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दैछौं । विभिन्न रोजगारदाताहरु र दक्ष सीप सिकाउनेहरुसँग पनि सहकार्य गर्दैछौं । जसले गर्दा अध्ययन गरे अनुसारको काम पाउनु र पढाई पनि बजारमा आवश्यकता भएको जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य रहेको छ । नेपाल साइवर सेक्युरिटिज छात्रवृद्धि कार्यक्रमले पनि यो खाडल पूर्ण योगदान पु¥याउनेछ । यो कार्यक्रमको उद्देश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने विश्वास लिएका छौं ।’

उहाँले तालिमको उदेश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताउनु भयो ।