२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक वर्ष १५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरु अघि सारेका हौंः उप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताउनु भयो ।

उहाँले १० वटा गौरवका योजनाहरुमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताउनु भयो । उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तिमा १५ हजार महानगरबासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरको उल्लेख गर्नुभयो । उहाँले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आगामी तीन वर्षमा पूरा गर्नेगरी १० वटा गौरवका योजनाहरु अघि सारेका छौं । ती योजनाले तीन वर्षमा ट्रान्जिवल परिणाम दिने अपेक्षा राखेका छौं । जसमध्ये महत्वपूर्ण गौरवको आयोजना रोजगारीमा जोडिएको छ । रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौं । यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौं । कम्तीमा पनि १५ हजार जना महानगरबासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौं ।

सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौं महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दैछौं । विभिन्न रोजगारदाताहरु र दक्ष सीप सिकाउनेहरुसँग पनि सहकार्य गर्दैछौं । जसले गर्दा अध्ययन गरे अनुसारको काम पाउनु र पढाई पनि बजारमा आवश्यकता भएको जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य रहेको छ । नेपाल साइवर सेक्युरिटिज छात्रवृद्धि कार्यक्रमले पनि यो खाडल पूर्ण योगदान पु¥याउनेछ । यो कार्यक्रमको उद्देश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने विश्वास लिएका छौं ।’

उहाँले तालिमको उदेश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताउनु भयो ।