• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

प्रदीपको आशंका: फिल्मलाई सञ्चार मन्त्रालयअन्तर्गत राख्दा प्रपोगाण्डाको रुपमा मात्रै हेरिएको त छैन



अभिनेता प्रदीप खड्काले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्ग चलचित्र विकास बोर्ड हुँदा प्रपोगाण्डाको विषयका रुपमा मात्रै हेरिनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फिल्म सञ्चार मन्त्रालय अन्तर्गत राख्दा आफूलाई चलचित्र कम्युनिकेसनको माध्यम बढी हो वा संस्कृति तथा पर्यटनको क्षेत्र बढी हो भन्ने उत्सुकता रहेको बताउनु भयो । उहाँले प्रचारको लागि चलचित्रको भुमिका महत्वपूर्ण रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चलचित्रले प्रचारको एकदमै ठूलो भुमिका खेलेको छ । पर्यटन प्रवद्र्धनका लागि पनि यसले धेरै नै काम गरेको छ । तर फिल्म सञ्चार मन्त्रालय अन्तर्गत गएर बसेको छ । कम्युनिकेसनको माध्यम बढी हो वा कल्चरको हो वा पर्यटनको हो यसमा उत्सुकता बढी भएको छ मलाई । नेपालमा हामी फिल्मलाई किन आकर्षित गरिरहेका छैनौँ ? किन मेकिङ, फिल्म टुरिजमको विशेषतालाई वा महत्वलाई किन बुझिरहेका छैनौँ । वा फिल्मलाई कल्चरको पाटो हो भनेर किन प्रवद्र्धन गर्न सकिरहेका छैनौँ । सञ्चार मन्त्रालयअन्तर्ग बोर्ड हुँदा के थाहा यसलाई प्रोपोगाण्डाको विषयका रुपमा मात्रै हेरिएको छ की ?’

अभिनेता खड्काले नेपालमा चलचित्र छायांकनका लागि विदेशीहरुलाई आकर्षित गर्न नसकिएको बताउनु भयो ।