१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइलमा डार्क मोड राख्नुको फाइदाहरु !



अ+ अ-

एजेन्सी । राति सुत्नु अगाडि र बिहान आँखा खुल्नासाथै मोबाइल हेर्ने बानी अहिलेका प्रायः सबै मानिसमा हुन्छ । यस्तोमा लगातार फोनको चकिलो स्क्रिन हेर्दा थाकेको हाम्रो आँखाका लागि पछिल्लो समय आएको नयाँ ‘डार्क मोड’ फिचर बरदान सरह साबित हुन सक्छ । आँखालाई फाइदा पुर्याउनुका साथै यसले मोबाइलको ब्याट्रीलाई समेत लामो आयु प्रदान गर्न सक्ने प्राविधिक विद्हरुको दाबी छ ।

यति मात्र नभएर डार्क मोडले हामीलाई फोन कम चलाउनमा समेत मद्दत गर्न सक्ने बताइएको छ । सबै अवस्थामा उपलब्ध नभएपनि अहिलेका नयाँ एप र फोनहरुमा डार्क मोड अन गर्न सकिन्छ । विशेषगरी लामो समयसम्म प्रयोग गरिरहनुपर्ने एपहरुले धेरै अगाडि नै डार्क मोड फिचर अपनाइसकेका थिए जस्तै भिडियो एडिटर, एडोब र ट्वीटरले २०१६ देखि नै डार्क मोड अपनाएको हो । केही समय अगाडि मात्र लोकप्रिय सामाजिक संजाल इन्स्टाग्राम र युट्युबमा समेत यो फिचर जारी गरिएको छ ।

यसरी कसैले दिनभर फोन नचलाउने भएपनि सुत्नु अगाडि अँध्यारोमा केही समय त मोबाइल खोलेर हेर्ने नै गरेको हुन्छ जुन हाम्रो आँखाका लागि अत्यन्तै घातक साबित हुन सक्ने चिकित्सकहरुले पहिले देखि बताउँदै आएका छन् । आँखालाई तनाव हुनुका साथै रातिको समयमा चकिलो स्क्रिन हेर्नुले हाम्रो निद्रा चक्रलाई समेत अवरोध गर्न सक्छ र अनिद्रा लगायतको समस्या उत्पन्न गराउँछ । स्टेट युनिभर्सिटी अफ न्युयोर्क कलेजका प्रोफेसर डाक्टर मार्क रोजेनफिल्डका अनुसार मान्छेले फोन चलाउँदा मोबाइललाई आँखाबाबट कम्तीमा पनि १६ इन्च टाढा राख्नुपर्छ ताकि हाम्रो आँखालाई फोकस गर्न धेरै दबाब नहोस् । 

त्यस्तै अत्याधिक चकिलो स्क्रिनले पनि आँखालाई धेरै हानि पुर्याउने हुँदा सुत्नु अगाडि सकेसम्म डार्क मोड नै अपनाउन उनले सुझाव दिएका हुन् । यसका साथै डार्क मोडले हाम्रो ब्याट्रीलाई पनि कम खर्च गराउँछ भने धेरै ब्राइट स्क्रिन राख्नुले चार्ज छिटै सकिने समस्या हुन्छ । विन्डोज टेनका प्रयोगकर्ताले ‘सेटिङमा गएर पर्सनलाइजेसनमा गइ, कलर्समा डार्क मोड स्वीच’ गर्न सक्छन् । 

त्यस्तै सामसुङ, पिक्सेल, एप्प्ल लगायत विभिन्न कम्पनीका पछिल्ला डिभाइसमा पनि डार्क मोडको फिचर उपलब्ध रहेको छ भने एन्ड्रोइडका लेटेस्ट फोनमा पनि यो सेवा छ । यसबाहेक किताबहरु पढ्न मिल्ने एपहरुमा पनि डार्क मोड हुने गर्दछ । प्राविधिक विश्लेषकहरुले मान्छेको बढ्दो स्क्रिन समयको नकारात्मक प्रभाव रोक्न डार्कमोड उपयुक्त समाधान भएकाले अबका धेरै भन्दा धेरै एपहरुले यस्तो फिचर समावेश गर्ने बताएका छन् ।