२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आह्वान गर्नु भएको छ ।

मंगलबार अपरान्ह  ४ बजे राष्ट्रपति भवन शितल निवासमा बैठक आह्वान गरिएको  राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले न्यूजपोलारलाई जानकारी दिनुभयो । 

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई निमन्त्रण गरिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई अस्वीकार गरी पुरानै दल कायम गरिदिएपछि राजनीतिक वृत्तमा निकै तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

नेकपा भित्रको विवादमा राष्ट्रपतिको भूमिका तटस्थ हुनुपर्नेमा त्यसो नभएको आरोप लागिरहेको अवस्थामा दलहरुसँग परामर्श गर्नुलाई सकारात्मक रुपमा हेर्नुपर्ने केहीको भनाई छ ।