• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

धनुषामा श्रीमान् मृत भेटिए, श्रीमती घाइते



जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियामा एक जना पुरुष मृत फेला परेका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी पकडियास्थित गहुँ खेतमा आज बिहान मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी पनि सख्त घाइते अवस्थामा फेला परेकी छन् ।

अस्मिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

ससुराली पकडियाबाट श्रीमती र अन्य दुई साथीसँग डेरा हिँडेका राधे  मृत भेटिएका हुन् । त्यही क्रममा मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटना रहस्यम भएको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनायो ।

राधेका दुई जना साथीहरू भने फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।