५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत वर्ष आजकै दिन यति एयरको विमान पोखरामा दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाएका थिए



अ+ अ-

काठमाडौँ । गत वर्ष माघ १ गते आइतबारका दिन काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेको थियो ।

चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७२ जनाकै दुःखद निधन भएको थियो । पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको थियो ।

विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । गत पुष १२ गते विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।

आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए ।