६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीलाई हराउँदै एपीएफको विजयी सुरुवात



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ८९ रनले हराएको छ । यससँगै एपीएफले जीतको खाता खोलेको छ भने बागमतीले लगातार दोस्रो हार बेहोर्यो ।

जितको लागि २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा अल आउट हुदै १ सय ५२ रन मात्र बनायो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ६६ रन बनाए । ओपनर आशुतोष घिरैयाले ४१ रन बनाउँदा बागमतीका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

एपीएफका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । अभिनाश बोहरा र श्याम ढकालले २/२ विकेट लिँदा पुरन विक र भुवन कार्कीले १/१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । एपीएफको लागि मध्यक्रमका ब्याटर सन्दीप जोराले शानदार शतक बनाएमा थिए । उनले १०३ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै १०१ रन बनाए ।

एक समय ४१-५ को अवस्थामा पुगेको एपीएफलाई उनले उद्दार गरेका थिए । क्रिजमा पाँचौ नम्बरका आएका सन्दीपले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म पुर्‍याएका थिए । त्यस्तै, उनले आठौँ विकेटका लागि अमर रौतेलासँग ६८ र नवौँ विकेटका लागि अविनाश बोहरासँग ४२ रनको साझेदारी गरेका थिए।

एपीएफको लागि कप्तान रोहित पौडेलले २ र आसिफले १५ रन जोडे । सुमित महर्जनले ६ रन बनाउदा ओपनर प्रज्वल शाहीले १० रन बनाएर आउट भएका थिए । अमर २२ रन बनाए भने अभिनाश बोहोरा १८ रन बनाउदै नटआउट रहे ।

बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी, सोनु देवकोटा र रिजन ढकालले समान एक–एक विकेट लिए ।

राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पिएमकप टियु, मुलपानी र भैरहवामो सिद्धार्थ रंगशालामा हुनेछन् ।