काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । हिजो (सोमबार) तोलामा रु ८६ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) पनि तोलाको रु ८६ हजार ६ सय नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि हिजोकै अनुरुप ८६ हजार १ सय ५० मै कायम रहेको महासंघले जनाएको हो । यता चाँदी भने तोलामा रु ५ ले बढेर प्रतितोला रु १२८० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।








