२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: सन्दीपको शतकमा बागमतीलाई २ सय ४२ रनको बलियो लक्ष्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सन्दीप जोराको शतकमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई २ सय ४२ रनको बलियो लक्ष्य दिएको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाायो ।

एपीएफको लागि मध्यक्रमका ब्याटर सन्दीप जोराले शानदार शतक बनाए । उनले १०३ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै १०१ रन बनाए । एक समय ४१-५ को अवस्थामा पुगेको एपीएफलाई उनले उद्दार गरेका थिए । क्रिजमा पाँचौ नम्बरका आएका सन्दीपले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म पुर्‍याएका थिए ।

त्यस्तै, उनले आठौँ विकेटका लागि अमर रौतेलासँग ६८ र नवौँ विकेटका लागि अविनाश बोहरासँग ४२ रनको साझेदारी गरेका थिए। यसवर्षको प्रधानमन्त्री कपमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए ।

एपीएफको लागि कप्तान रोहित पौडेलले २ र आसिफले १५ रन जोडे । सुमित महर्जनले ६ रन बनाउदा ओपनर प्रज्वल शाहीले १० रन बनाएर आउट भए । अमर २२ रन बनाए भने अभिनाश बोहोरा १८ रन बनाउदै नटआउट रहे ।

बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी, सोनु देवकोटा र रिजन ढकालले समान एक–एक विकेट लिए ।