६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: सन्दीपको शतकमा बागमतीलाई २ सय ४२ रनको बलियो लक्ष्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सन्दीप जोराको शतकमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई २ सय ४२ रनको बलियो लक्ष्य दिएको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाायो ।

एपीएफको लागि मध्यक्रमका ब्याटर सन्दीप जोराले शानदार शतक बनाए । उनले १०३ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै १०१ रन बनाए । एक समय ४१-५ को अवस्थामा पुगेको एपीएफलाई उनले उद्दार गरेका थिए । क्रिजमा पाँचौ नम्बरका आएका सन्दीपले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म पुर्‍याएका थिए ।

त्यस्तै, उनले आठौँ विकेटका लागि अमर रौतेलासँग ६८ र नवौँ विकेटका लागि अविनाश बोहरासँग ४२ रनको साझेदारी गरेका थिए। यसवर्षको प्रधानमन्त्री कपमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए ।

एपीएफको लागि कप्तान रोहित पौडेलले २ र आसिफले १५ रन जोडे । सुमित महर्जनले ६ रन बनाउदा ओपनर प्रज्वल शाहीले १० रन बनाएर आउट भए । अमर २२ रन बनाए भने अभिनाश बोहोरा १८ रन बनाउदै नटआउट रहे ।

बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी, सोनु देवकोटा र रिजन ढकालले समान एक–एक विकेट लिए ।