११ माघ २०८१, शुक्रबार
,
Latest
मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ: ह्वाइट हाउस प्रहरीले जसलाई पनि सम्पती शुद्धीकरणको मुद्दा लगाइदिन्छ भन्ने हल्लामा कुनै सत्यता छैनः महान्यायाधिवक्ता बडाल प्रचण्डद्वारा सहिद परिवारसँग भेटवार्ता निशा अधिकारीसहित ‘प्ले इट वन’को टीम चलचित्र निर्माणमा, ‘माया प्रीति’ घोषणा कामकाजी अभिभावकको भरोसा बन्दै दिवा शिशु स्याहार केन्द्र भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त आज पनि सकिएन रविको थुनछेक बहस तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षअगाडि बेपत्ता भएकी महिला समुद्रमा जीवितै भेटिएपछि



अ+ अ-

एजेन्सी । कोलम्बियाकी एक महिला दुई वर्ष अगाडि बेपत्ता भएकी थिइन्। तर बेपत्ता भएको यति लामो समयपछि उनी समुद्रमा जीवित्तै भेटिएकी छिन्।

शनिबार एन्जेलिका जाइतन नाम गरेकी महिला समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको द सनले जनाएको छ। ४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको बताइएको छ।

प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुद्रको बीचमा एन्जेलिकालाई भेटिएको हो। उनलाई उद्धार गरेको भिडियो यतिबेला भाइरल बनिरहेको छ।

एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले म मरोस् भन्ने चाहेका रहेनछन्’ भन्ने शब्द उच्चारण गरेको बताइएको छ।

आरसीएन रेडियोसँग उनले आफ्नो कथा पनि खोलिन्। उनले २० वर्षसम्म श्रीमानको दुर्व्यवहार सहेको र पीडा सहन नसकेपछि आफू सन् २०१८ मा घर छाडेर भागेको बताइन्।

श्रीमानले बेस्सरी पिट्दा उनको अनुहारमा ठूलो चोट थियो। श्रीमानले उनलाई मार्नै खोजका थिए। घर छाडेर भागेपछि उनले ६ महिना सडकमै मागेर खाइन्।

उनले आश्रयस्थलमा बास पनि पाइन्। यसरी जीवनमा ठूलो पिडा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुद्रमा हाम फालेको बताइन्। समुद्रमा हाम फालेको आठ घण्टापछि उनको उद्धार भएको थियो।