४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महबाट रु २० लाख आम्दानी

महबाट रु  २० लाख आम्दानी
अ+ अ-

बाँके । कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त हुनुहुन्छ ।  कोहलपुर नगरपालिका–६ निवासी राणा र उहाँका कान्छा छोरा  घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउन हुन्छ । मौरीहरुको आधार  चाका हेरचाह गर्दै उहाँहरुको दिनचर्या बित्छ । 

मौरीलाई आधार चाका  दिँदा वर्षमा रु एक लाखको दुई क्विन्टल दिने गरेको लीलबहादुरले बताउनुभयो । त्यसैगरी वर्षमा चिनी रु दुई लाखको दिने गरिएको छ ।   गाडीमा राखी ठाउँठाउँमा चराउँदा ढुवानी खर्च वर्षमा रु  पाँच लाखसमेत लागेको राणा बताउनुहुन्छ ।

तराईको गर्मीमा हुने मेली फेरा नामक मौरी तराईको ४० डिग्री गर्मीमा समेत बाँच्न सक्छ ।  आजकाल प्रतिकेजी रु ६०० मा बिक्री हुन्छ ।  कोहलपुर र नेपालगञ्जमा मह उत्पादन गरी बिक्री गर्नेमा सफल नाम  राणाको परिवारको छ । नौजनाको परिवार  मह बेचेर चलाएको   राणा बताउनुहुन्छ । त्यही मौरीले दिएको मह वर्षमा ४० क्विन्टल उत्पादन गरी रु २० लाख आम्दानी हुने गरेको छ   । उहाँ मौरीपालनमा लागेको १० वर्ष भयो ।  आफूहरुको मेहनत देखेर आफूहरुलाई नेपाल सरकारले गत वर्ष रु १४ लाख अनुदान कृषि ज्ञान केन्द्र बाँकेमार्फत  मौरीपालन गर्न दिएको राणा बताउनुहुन्छ ।   यस वर्ष पनि  रु १० लाख अनुदान मौरी पकेट कार्यक्रम कोहलपुर नगरपालिकाले र कृषि ज्ञान केन्द्र बाँकेले दिएका छन् । 

विसं २०७१ मा जिआई जेटले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुँदा आफूहरुलाई मह प्रशोधनका लागि घर निर्माण गर्न र यन्त्रका लागि रु १०  दश लाख अनुदान रकम दिएकाले साहस बढेको राणाले बताउनुभयो ।  मौरी पकेट कार्यक्रम कृषि ज्ञान केन्द्र बाँकेले तीनवर्षे मौरी पकेट अनुदानसमेत दिएको छ । 
  
राणा सञ्जीवनी मौरी फार्मको सञ्चालकसमेत बन्नुभएको छ ।  “गरे के हुँदैन, अहिले रुदिलो, सिसौको फूलहरु भएको ठाउँमा मौरी लिएर चराउँदै व्यस्त हुन्छौँ”, बाबुछोराले हाँस्दै भन्नुभयो,   “विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ । हामी त मौरीमा रमाउँछौँ ।   कात्तिकदेखि माघमा तोरीको फूलको रस  खान्छन् मौरीले,  माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाखजेठसम्म जामुनको फूलको रस खान्छन् ।”

उहाँहरु कहिले राजापुर कहिले ठाकुरद्वारा र कहिले बाँसगढी दुई महिना दुई महिनामा ठाउँ सार्नुहुन्छ ।  जेठदेखि असोजसम्म चिनी दिएर मौरी बचाउनुपर्छ । उहाँहरु त्यस समयमा घरमा लगेर मौरी राख्नुहुन्छ  । राणाले भन्नुभन्यो, “४० डिग्री तापक्रम सहन सक्ने क्षमता हुन्छ मेली फेरा मौरीको ।  मौरी रहेको धर्तीमा खेती राम्रो सप्रने उहाँले बताउनुभयो ।

मौरी प्रकृतिमैत्री जीव हो जसले प्रकृतिको रक्षा गर्छ र अन्न उत्पादनमा सुधार हुन्छ ।  अहिले महको बजारीकरण सजिलो भएको र  प्राङ्गारिक मह भनेर धेरैले घरैमा लिन आउने गरेको राणा बताउनुहुन्छ । राणा भन्नुहुन्छ, “चितवन, दाङ र सुर्खेतदेखि  मौरीपालन व्यवसायीहरु मौरी चराउन बर्दिया आउँछन् ।” 

बर्दिया मेली फेरा मौरीका लागि अति उत्तम ठाउँ हो ।  अरू किसानलाई पनि सरकारले अनुदान दिएर सहयोग गरेमा मौरीपालनमा घाटा नहुने  उहाँले बताउनुभयो  । तरकारी, अन्नपात जस्तै मह नकुहिने र  बिक्री नभएमा तापक्रम मिलाएर राखेपछि अर्को वर्ष पनि बिक्री भइहाल्ने गरेकाले यस पेशामा लाग्न राणाले आग्रह गर्नुभयो ।  उहाँ भन्नुहुन्छ, “तर ल्याब टेष्ट नगरी मह बिक्री गर्न दिनुहुँदैन ।  भारतको मह नेपाल आउँदा सरकारले जाँच गर्नुपर्छ ।” रासस