८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

पृथ्वीजयन्ती राजकीय रुपमा मनाउन र पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा अंकित गर्न कमल थापाको माग

पृथ्वीजयन्ती राजकीय रुपमा मनाउन र पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा अंकित गर्न कमल थापाको माग
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताउनुभएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्न सकिने बताउनुभएको हो । २०३ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने अध्यक्ष थापाको भनाई थियो । उहाँले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रुपमा हेर्न नहुने पनि बताउनु भयो । थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राजकीय रुपमा मनाउन र उहाँको तस्बिर नेपाली नोटमा अंकित गर्न पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जहाँसम्म हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने कुरा छ । यो केवल राप्रपा वा राप्रपा नेपाल मात्रै मिलेर पनि हुँदैन । यो त सबै राष्टवादी, प्रजातान्त्रिक, देशभक्त शक्तिहरुको बीचमा एकता र एउटा वृहत मोर्चाको आवश्यकता पर्दछ । र, वास्तवमा आजको दिन राष्ट्रिय एकता दिवसको दिन म सबै राजनीतिक दलहरुलाई विशेष रुपले आग्रह गर्न चाहन्छु कि हामीले कसैलाई पनि निषेध नगरौं । राजादेखि माओवादीसम्म सबै अटाउने राजनीतिक प्रणालीको विकास गर्ने र सबै नेपाली मिलेर देशमा शान्ति, स्थायित्व कायम गर्ने र देशको समग्र आर्थिक विकास गर्ने दिशामा आजको दिनले प्रेरणा देओस् भन्ने म कामना पनि गर्न चाहन्छु ।

पृथ्वीनारायण शाहको योेगदान कुनै राजनीतिक व्यवस्था वा संस्थासँग मात्रै सम्बन्धित छैन । समय, काल र परिस्थिति अनुसार राजनीतिक व्यवस्था परिवर्तन हुँदै जान्छ । तर नेपाली पहिचान, नेपाली नाम, जुन पृथ्वीनारायण शाहले हामीलाई दिनुभयो । त्यो कहिल्यै पनि समाप्त हुने कुरा होइन । नेपाल रहिरहेसम्म राष्ट्र निर्माताको योगदान सदैव अविष्मरणीय रहनेछ । यो वास्तविकतालाई बुझेर सिंगो राज्यले नै पृथ्वीनारायण शाहको योगदानको संस्मरण गर्नुपर्दछ । राजकीय स्तरबाटै सम्मान समारोहको आयोजना गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ । वास्तवमा विगतमा पृथ्वी जयन्ति राष्टिय एकता दिवस धुमधामका साथ मनाइन्थ्यो । २०६३ सालपछि त्यो अवरुद्ध हुन गयो । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा, जहाँ हामी उपप्रधानमन्त्रीको रुपमा सहभागी थियौं ।

हाम्रै प्रयासमा पृथ्वी जयन्तीलाई राष्ट्रले समारोहको रुपमा मनाउने सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर त्यसपछि फेरि त्यो परम्परालाई कटौति गरियो । यो वर्ष वर्तमान सरकारले पृथ्वीजयन्ती राष्टिय एकता दिवसको रुपमा मनाउन सार्वजनिक विदा दिएको छ । यसको म स्वागत गर्न चाहन्छु । र, साथसाथै सरकारसँग के पनि आग्रह गर्न चाहन्छु भने राष्ट्र निर्माताको सम्मान गर्दै नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्ने र साथसाथै केवल सार्वजनिक बिदा दिने मात्रै होइन, भव्य रुपमा राष्ट्रिय एकता दिवस सरकारी स्तरबाटै पनि मनाइनुपर्दछ भन्ने मेरो आग्रह छ । र म फेरि पनि सबै राजनीतिक दलहरु, वर्तमान सरकार र नेतृत्व वर्गसँग आग्रह गर्न चाहन्छु कि हामीले पृथ्वी नारायण शाहको योगदानलाई कुनै संस्था र व्यवस्थासँग गाँसेर नहेरौं । आज हामीले जुन नेपाली भन्ने नाम पाएका छौं ।

जसको कारणले गर्दाखेरी विश्व रंगमञ्चमा नेपालको गौरव रहेको छ । नेपालको शान रहेको छ । यो सबै पृथ्वीनारायण शाहले सुरु गरिदिएको कारणले हो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरिदिएको भए अहिले हाम्रो नेपालको अस्तित्व पनि रहने थिएन । भारतको कुनै एउटा अंगको रुपमा रहन सक्ने सम्भावना थियो । यो एउटा इतिहासलाई हामीले सम्मान गर्दै पृथ्वी जयन्तिलाई एउटा भव्य रुपमा मनाउनु पर्छ भन्ने हाम्रो धारणा हो । र, त्यही रुपमा हामीले मनाई राखेका छौं ।’

अध्यक्ष थापाले पृथ्वीजयन्ती नेपालको गौरव र शानसँग सम्बन्धित भएको दाबी गर्दै यसलाई राजकीय सम्मानका साथ बनाउनुपर्ने तर्क समेत गर्नुभयो ।