२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही महिना अघि मात्रै आमा गुमाएका खेलकुदमन्त्री लिम्बुलाई पत्नीशोक



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको निधन भएको छ ।

मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईका अनुसार ५८ वर्षीया लिम्बूको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको हो ।

श्रीमतीको निधन भएपछि मन्त्री लिम्बू मोरङस्थित घर आउँदैछन् । उनीहरुको एक छोरा र एक छोरी छन् ।

गंगा क्यान्सर पीडित थिइन् । उनको अन्त्येष्टि आज बिहान १० बजे गर्ने तयारी छ ।केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।