• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

उपराष्ट्रपतिद्वारा समृद्धिका लागि क्रियाशील हुन आग्रह



file photo
उपराष्ट्रपतिद्वारा समृद्धिका लागि क्रियाशील हुन आग्रह
राष्ट्रिय समाचार समिति ९रासस०
काठमाडौँ, २७ पुस स् उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा रुपान्तरण गर्न सके मात्र विविधताले सकारात्मक परिणाम दिनसक्ने उल्लेख गर्नुभएको छ ।
“हाम्रो संविधानले यही विविधतालाई सकारात्मक परिणाममुखी बनाउन धर्म निरपेक्षता, समावेशीता र समानताको सिद्धान्तलाई अङ्गीकार गरेको छ, संविधानको यो मर्मलाई सम्पूर्ण नेपाली नागरिकले सर्वोपरि ठान्दै राष्ट्रिय एकतालाई बलियो, एक ढिक्का र बनाउनमा हामी एकजूट भई लाग्नुपर्छ” उहाँले भन्नुभएको छ ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधताप्रति सद्भाव राख्दै सिङ्गो मुलुकको हित र सम्पूर्ण नेपालीको एकताप्रति समर्पित हुने दिनका रुपमा राष्ट्रिय दिवस मनाउन सके हाम्रो मौलिक पहिचान : ‘विविधता एकता’ को पृष्ठपोषण मात्र हुँदैन, हाम्रो विविधतायुक्त संस्कृति, पहिचान, परम्परालाई एकीकृत र एकाकार गर्दै अन्तत: नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन सघाउ पुग्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
(((