२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्रीसँग विश्व खाद्य तथा कृषि संगठन प्रमुखको भेट: बाँस खेतीबारे छलफल



अ+ अ-

काठमाडौँ । विश्व खाद्य तथा कृषि संगठन प्रमुख क्यु दोङ युले वन त्था वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्ने र अनुकुलनको कार्यक्तम सञ्चालन गर्नेबारे छलफल भएको हो । प्रमुख युले नेपालमा बाँस खेतीको सम्भावना धेरै रहेकाले राष्ट्रिय कार्यक्रम नै बनाएर अघि बढ्न सुझाव दिनुभयो । गरिबीको रेखामुनिको जनसंख्याको जीवनस्तर उकास्न, जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिनुभयो । नेपालमा खेती नगरिएका र बाँझो जमिनको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । स्थानीय तथा प्रदेश सरकारले कृषि वनको कार्यक्रमलाई बढावा दिनुपर्ने बताउनु भयो । जैविक विविधताको संरक्षण र खाद्य सुरक्षामा कृषि कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

भेटमा वन तथा वातावरणमन्त्री डा.महतोले खाद्य, जल, उर्जा, वन र जैविक विविधतालाई एकीकृत रुपमा अगाडि बढाउने कार्यक्रम नेपाल जस्ता बहुआयामिक जोखिम भएका मुलुकमा आवश्यक रहेको बताउनु भयो । यस्ता विषयलाई समेटेर कार्यक्रम बनाउन प्रमुख युलाई आग्रह गर्नुभयो ।

विश्व खाद्य तथा कृषि संगठनका प्रमुख यु नेतृत्वको टोली तीन दिने भ्रमणको लागि काठमाडौं आएको हो । प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल र कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालसँग भेट गरिसकेको छ । विश्व खाद्य कार्यक्रमले आज अपरान्ह भविष्यको स्मार्ट बाली सम्बन्धी नीीत संवाद गर्दैछ । विश्व खाद्य कार्यक्रमले नेपालमा सन् १९५१ देखि काम गर्दै आएको छ । यो नेपालमा काम गर्ने संयुक्त राष्ट्रसंघ अन्तर्गतको पहिलो नियोग हो । विश्व खाद्य कार्यक्रमले नेपालमा खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक श्रोत व्यवस्थापन, दिगो कृषि र ग्रामिण विकासमा काम गरिरहेको छ ।