२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्डर्स नेपालले आईपीओ जारी गर्ने: यस्ता छन् नयाँ योजना



अ+ अ-

काठमाडौं । काठमाडौंको कमलादीस्थितमा रहेको वन्डर्स नेपालले आईपीओ जारी गर्ने भएको छ । पुस २५ गते सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आईपीओ जारी गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

कम्पनीकै रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादी परिसरमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष ०७९/८० को वित्तीय विवरण पारित गरेको छ । सभाले आगामी योजनाहरु समेत पारित गर्ने संञ्चालमा आएका र तयार हुदै गरेका परियोजनाहरुका बारेमा पनि गहन समिक्षा गरेको छ ।

वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत नविन भण्डारीका अनुसार असार १५ गते देखी टावर संञ्चालनमा आएको र पुस २४ गते सम्ममा करिब ७६ हजार व्यक्तिले टाबर चढेका छन् ।

पछिल्ला दिन आन्तरिक संगै भारतीय पर्यटकहरुको संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको जानकारी गराउदै उहाँले भन्नुभयो ‘यो क्षेत्र बिस्तारै उपत्यकाको एक प्रमुख पर्यटककिय गन्तव्य बन्दै गएको छ ।’

आगामी फाल्गनु बाट बिभिन्न फुड कोर्ट सहित सिटी बन्जी जम्प लगायत थप साहसिक गतिविधि विस्तार गरि सेवाको दायरा फराकिलो बनाउदै लैजाने कम्पनीले जनाएको छ । वन्डर्स नेपालका परियोजना निर्देशक ई सञ्जिब रोक्काले टावर आई एस ओ बाट प्रमाणीकरण भएको र माहानगरभित्र धेरै कर बुझाउने संस्थामा रुपमा रहेको छ।

साढे १३ रोपनी जग्गामा फैलिएको ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइको टावरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ ।

स्काई टावरको लिफ्ट ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र रोकिनेछ । टावरमा फुडकोर्ड मिटिङ हललगायतका क्षेत्र रहेका छन् । टावरको सबैभन्दा माथि स्काई वाक रहेको छ जहाँ पूर्ण पारदर्शी सिसा संरचनामा पदयात्रा गर्न सकिने छ ।

दुई हजार स्क्वायर फिट मा स्काई वाक गर्न सकिने छ भने सुरक्षाका लागि वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ राखिएको छ । टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्दा अवलोकनकर्तालाई आकाशमा हिँडेको जस्तै अनुभूति हुने निर्माण कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको छ । जसलाई हेम्मरले फुटाउँदा पनि तल र माथि फुट्दैन बीचमा मात्रै फुट्ने गर्छ । केही कतै त्यस्तो हुन गएरमा स्टकमा ग्लास रहेको छ ।’

टावरको सबैभन्दा माथि एकै पटक ५ सय जनासम्म रहन सक्नेछन् । स्टिल स्ट्रक्चरमा निर्माण भएको यो टावर निकै आकर्षक र मनमोहक देखिन्छ । कम्पनीका अनुसार टावरमा इभेन्टहरु पनि गर्न सकिने छ ।

साथै टावर परिसरमा बगैँचा, फुडकोर्ट तथा विभिन्न व्यापारिक केन्द्रहरु रहने गरी ३६ ओटा भन्दा बढी सटरहरु निर्माण भएका छन् ।




भर्खरै