• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

एमाले नेता माधव ढुंगेलको प्रश्नः कांग्रेस कहाँ छ ?



काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता माधव ढुंगेलले सरकारले सुशासनको नाममा ठूलो कुरापनि काम भने केही पनि नगरेको आरोप लगाएका छन् । आज (बुधबार) रिपोर्टर्स नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले अहिले देशको आर्थिक अवस्था भयावह भएको टिप्पणी गरे ।

उनले नेपालको विद्युत नीति के हुने ? त्यसबाट जनतालाई कसरी लाभ दिने ? उत्पादन भएको क्षेत्र र ड्याम क्षेत्रका पीडितलाई के राहत दिने ?लगायतका विषय प्रधान हुने बताए । उनले भने,‘नेपालको राष्ट्रियता विद्युतको उत्पादन र त्यसबाट जनतलो पाउने रोयल्टीसँग गाँसिएको छ । सस्तोमा भारतलाई विजुली बेच्ने अनि भारतबाट महँगोमा किन्ने कुरा राम्रो होइन ।’

उनले १० वर्षभित्र १० हजार मेगावाट विजुली भारतलाई बेच्ने सहमतिप्रति आफूहरु सकारात्मक रहेको सुनाए । तर, त्यसबारेमा स्पष्ट व्याख्या गरेर त्यसको उत्पादन, लगानी र नेपाली जनतनाले पाउने रोयल्टीको पार्ट क्लियर गर्नुपर्ने ढुंगेलको भनाई छ ।
उनले सरकारको सुशासन पनि देखिएको भन्दै व्यंग्य कसे । उनले थपे–‘यो सरकार संसद्को गणितअनुसार बनेको हो । यहाँ सरकारले गरेका काम पनि भनियो । भुटानी शरणाथीृको केस शत्रु साँध्ने कुरा जोड्ने सुशासन भन्ने । सत्ता गठबन्धनको ठाउँमा पुगेपछि उहाँ (प्रधानमन्त्री) सल्याकसुलुक्क हुने । बालुवाटार काण्डको विषय पनि त्यस्तै, सत्ता गठबन्धनको ठाउँमा पुगेपछि चुप लागेर बस्ने । घुम्दै फिर्दै बालुवाटार काण्ड सत्ता गठबन्धनका दैलामो आएर टुँग्गिएपछि अनि सुशासन हरायो । यो सरकार विचारको एकताबाट बनेको सरकार हो र ?’

उनले सत्ता गठबन्धनबाट चाहेको रुपान्तरण दिन सकिन्छ भनेर पनि प्रश्न उठाए । उनले भने,‘आजको आर्थिक अवस्था भयावह छ । सहकारी र वित्तिय संस्थाको अवस्था के छ ? नेपालको इकोनोमी कस्तो छ ? विदेश जानेहरुको लामबद्ध छ । मन्त्रीले गाडी चढेकै छन् । मन्त्रालय ओहोरदोहोर गरेकै छन् । मन्त्री क्वार्टरमा बसेका होलान् । तर, राष्ट्रिय पुँजी कमजोर भएको छ । दलाल पुँजीलाई सरकारले प्रमोट गरेको छ । यसरी समाजवादको यात्रा हिँड्छौं भन्नु बेकारको कुरा हो ।’

सो क्रममा उनले अहिले नेपाली कांग्रेस कहाँ छ ? भन्दै प्रश्न गरे । उनले भने,‘सत्तामा कांग्रेस कहाँ छ ? हामीले देखेको छैन् । संसद्मा ठूलो दल त छ । सरकारमा कहाँ छ ? कहाँ विलय भएको छ ? कांग्रेस सुत्छ कि उठ्छ ?’ उनले देश बनाउनको लागि आफूहरुले एकपटक एकल बहुमतको सरकार मागेको पनि स्मरण गराए । उनले भने,‘एकल बहुमतको सरकार दिनुहोस, हामी हाम्रो भीजन र मिशनमा देश कस्तो हुन्छ भनेर देखाईदिन्छौं । आर्थिक समृद्धि र विकासको कुरा गरेका छौं ।’