• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करीः सीआईबी ★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन

रामबहादुर बम्जनलाई सीआईबीले हत्कडीसहित सार्वजनिक गर्‍यो



काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले सार्वजनिक गरेको छ ।  आज पत्रकार सम्मेलन आयोजना गर्दै सीआईबीले बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको हो ।

हत्या, बलात्कारजस्ता आरोपमा सिआइबीले बम्जनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले बम्जनविरुद्ध किटानी जोहरी दिएकी थिइन् ।

बम्जनमाथि सर्लाहीस्थित आश्रममा बलात्कार गरेको भन्दै उजुरी समेत परेको थियो । साथै, सिुन्धलीस्थित आश्रमबाट बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बम्जनको  बूढानीलकण्ठस्थित  घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको बताएको छ ।  उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । सीआइबीका अनुसार उक्त पैसामाथि अनुसन्धान भइरहेको छ ।