२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामबहादुर बम्जनलाई सीआईबीले हत्कडीसहित सार्वजनिक गर्‍यो



अ+ अ-

काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले सार्वजनिक गरेको छ ।  आज पत्रकार सम्मेलन आयोजना गर्दै सीआईबीले बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको हो ।

हत्या, बलात्कारजस्ता आरोपमा सिआइबीले बम्जनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले बम्जनविरुद्ध किटानी जोहरी दिएकी थिइन् ।

बम्जनमाथि सर्लाहीस्थित आश्रममा बलात्कार गरेको भन्दै उजुरी समेत परेको थियो । साथै, सिुन्धलीस्थित आश्रमबाट बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बम्जनको  बूढानीलकण्ठस्थित  घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको बताएको छ ।  उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । सीआइबीका अनुसार उक्त पैसामाथि अनुसन्धान भइरहेको छ ।