११ श्रावण २०८३, सोमबार
,
Latest
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित रोयले किने भारतको सबैभन्दा सानो कार



अ+ अ-

एजेन्सी । आजकल इलेक्ट्रिक कार चलनमा छ । बलिउड सेलिब्रेटीहरू पनि इलेक्ट्रिक कारतर्फ आकर्षित भएका छन् । हालै टिभी अभिनेता रोहित रोयले पनि इलेक्ट्रिक कार किनेका छन् । यो भारतकै सबैभन्दा सानो कार हो ।

‘खतरों के खिलाडी सिजन १३’ मा देखिएका रोहित रोयले आफ्नो कार कलेक्शनमा भारतको सबैभन्दा सानो कार समावेश गरेका छन्, जुन इलेक्ट्रिक कार हो ।

यो कार एमजी कोमेट इभी हो । अभिनेताले सेतो रंगको एमजी कोमेट किनेका छन् । अभिनेताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो चम्किलो कारसँगको तस्बिर सेयर गरेका छन् । अभिनेताले आफूले नयाँ कारबाट २०२४ सुरु गरेको बताए ।

रोहित रोयले लेखेका छन्, ‘यो भित्र धेरै फराकिलो छ र मुम्बईको सबैभन्दा भीडभाड भएको सडकमा पनि ड्राइभ गर्न सजिलो छ । यो चलाउन पनि सजिलो छ । ड्राइभरको सिटमा बस्ने बित्तिकै यो जान तयार हुन्छ ।’

यस मिनी कारको मूल्यको बारेमा कुरा गर्दा, ‘कार वाले वेबसाइटका अनुसार भारतको सबैभन्दा सानो कार एमजी कमेट ईभीको एक्स–शोरूम मूल्य ८ लाखदेखि १०.६३ लाख रुपैयाँसम्म छ ।