५ मंसिर २०८१, बुधबार
,
Latest
रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप चित्ताकर्षक ‘सानो आँधीमूल’ पर्यटकको प्रतीक्षामा ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन मन्त्री बद्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी प्रधानमन्त्रीले विदेशमा राखेको भनिएको सम्पत्तिको यथार्थता सार्वजनिक गर्न राप्रपाका प्रवक्ताको माग भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज नेपाल आउँदै पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी



अ+ अ-

कीएभ । रूसले युक्रेनविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्दा सोमबार बिहान युक्रेनका दर्जनौँ सहरमा विस्फोटको आवाज सुनिएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले बताएका छन् ।

युक्रेनको मध्य भागमा रहेको डेनिप्रो र क्राइभी रिह, पूर्वी शहर खार्किभ र दक्षिणी शहर जापोरिजियामा विस्फोट भएको युक्रेनी समाचार निकाय इन्टरफ्याक्सले जनाएको छ ।

पश्चिमी खमेल्निट्स्की क्षेत्रमा हवाई प्रतिरक्षा पनि सक्रिय भएको क्षेत्रीय प्रशासनले टेलिग्राममा जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार रूसले युक्रेनमा ११ टीयू–९५ बमवर्षक विमान र चार मिग–३१ लडाकू विमानमार्फत् आक्रमण गरेको थियो ।

युक्रेनका सैन्य अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले स्थानीय समयअनुसार बिहान छ बजेदेखि यूक्रेनको सम्पूर्ण भागमा हवाई आक्रमणको खतरा रहेको चेतावनी जारी गरिएको जनाएका छन् ।