९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

पाँच दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा

पाँच दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा
अ अ+ अ-

केप क्यानभेरल । आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्थानीय समय अनुसार बिहान २:१८ बजे एस्ट्रोबोटिकको पेरेग्रिन लुनार ल्याण्डरलाई लिएर आफ्नो पहिलो यात्राको लागि उडेको होे ।

करिब ४८ मिनेटपछि बिना कुनै समस्या रकेटबाट ल्यान्डर अलग भएपछि मिसन कन्ट्रोलका कर्मचारीले ताली बजाएर खुसीयाली मनाएका थिए ।

यूएलएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टोनी ब्रुनोले नासाको प्रत्यक्ष प्रसारणमा प्रक्षेपणको प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “म निकै रोमाञ्चित छु । यो वर्षौंको कडा परिश्रमको परिणाम हो ।”

“यो चन्द्रमामा फर्कने अहिलेसम्मको ने वास्तवमा नै सुन्दर अभियान भएको छ ।”

यूएलएका रणनीतिक योजना निर्देशक एरिक मोन्डाले प्रक्षेपणलाई ‘एकदम सही’ प्रक्षेपणको रूपमा वर्णन गर्नुभयो ।

“ये निकै ठीक छ । म हेर्नका लागि बाहिर नै निस्केको छु ।” उहाँले भन्नुभयो ।

यदि सबै कुरा योजनाअनुसार भयो भने पेरेग्रिनले फेब्रुअरी २३ मा चन्द्रमाको मध्य अक्षांश क्षेत्र ‘साइनस भिस्कोसिटाटिस’ अर्थात् ‘बे अफ स्टिकिनेस’ मा अवतरण हुनेछ ।

अहिलेसम्म, पृथ्वीको सबैभन्दा नजिकको खगोलीय छिमेकमा सफल अवतरण केवल केही राष्ट्रका अन्तरिक्षसम्बन्धी निकायहरूले मात्र पूरा गरेका छन् । यस अभियानलाई पूर्व सोभियत सङ्घले पहिलो पटक सन् १९६६ मा सम्पन्न गरेको थियो भने त्यसपछि लगत्तै संयुक्त राज्य अमेरिका चन्द्रमामा मानिसहरूलाई अवतरण गराउने मुलुक बनेको थियो ।

पछिल्लो एक दशकमा चीनले तीन पटक सफलतापूर्वक अवतरण गरेको छ भने भारतले गत वर्ष आफ्नो दोस्रो प्रयासमा यो उपलब्धि हाँसिल गरेको थियो ।

अब, ‘व्यावसायिक पेलोड सर्भिस’ ९सीएलपीएस० कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिका व्यावसायिक चन्द्र अर्थव्यवस्थालाई प्रोत्साहित गर्न र लागतको एक अंशमा आफ्नै हार्डवेयरले बनेको यानसहित व्यावसायिक क्षेत्रमा फर्किरहेको छ ।

एस्ट्रोबोटिकका प्रमुख कार्यकारी अधिकृत जोन थोर्नटनले अपोलोपछि पहिलो पटक अमेरिकालाई चन्द्रमाको सतहमा फर्काउनु महत्वपूर्ण सम्मानको कुरा भएको बताउनुभएको छ ।

नासाले यस कार्यका लागि एस्ट्रोबोटिकलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी भुक्तानी गरेको छ भने अर्को सम्झौता गरिएको कम्पनी ह्युस्टनस्थित ‘इन्ट्युटिभ मेशिन्स’ले फेब्रुअरीमा प्रक्षेपण गर्ने र चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने योजना बनाएको छ ।

“आर्टेमिसको तयारीका लागि चन्द्रमाको सतहमा अधिक लागत प्रभावी र छिटो सम्पन्न यात्रा गर्न यसले सहज बनाउनेछ,” अन्वेषणका लागि अमेरिकी अन्तरिक्ष निकायका उप सहयोगी प्रशासक जोएल केन्र्सले भन्नुभयो ।

आर्टेमिस नासाको नेतृत्वमा यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्षयात्रीहरूलाई फर्काउने कार्यक्रम हो ।