१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

प्रधानमन्त्रीसंग भ्याली मेयर्स फोरमको भेट: उपत्यकाको फोहोर व्यवस्थापनका बारेमा छलफल

प्रधानमन्त्रीसंग भ्याली मेयर्स फोरमको भेट: उपत्यकाको फोहोर व्यवस्थापनका बारेमा छलफल
अ अ+ अ-

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र नेपवेस्टबीच भएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी सम्झौताको कार्यान्वयन वा रद्ध गर्ने काम चाँडै हुने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा काठमाडौं भ्याली मेयर्स फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन का लागि २० जुन २०११ मा भएको नेपवेस्टसँगको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेपछि सो प्रतिवद्धता जनाउनुभएको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताउनु भयो । प्रधानमन्त्री दाहालले उपत्यका मेयर्स फोरमसँग छिटो भन्दा छिटो फोहोर व्यवस्थापन गर्न र सम्झौताअनुसार काम गर्नका लागि आवश्यक निर्देशन दिइसकेको मेयर महर्जनले बताउनु भयो । उहाँले आफूहरुले नेपाल विद्युत प्राधिकरणले स्मार्ट सिटी लाइट राख्दा ६०/४० को नीति विपरित बिल पठाएको बारेमा पनि ज्ञापन पत्र बुझाएको बताउनु भयो । सोबारेमा प्रधानमन्त्री दाहालले आफूले सम्बन्धित निकायलाई निर्देशक दिइसकेको स्पष्ट पारेको पनि मेयर महर्जनले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यका भित्रको सफाई सम्बन्धी नेपाल सरकारले २० जुन २०११ मा सम्झौता गरेको थियो । त्यो सम्झौता अहिलेसम्म कार्यान्वयन नभएकाले हामीले सम्माननीय प्रधानमन्त्रीज्युलाई कि त त्यो छिटो कार्यान्वयन हुनुपर्छ, कि त क्यान्सिल हुनुपर्छ भन्ने पत्र बुझाएका छौँ । प्रधानमन्त्रीज्यु गम्भीर देखिनुहुन्छ, यो विषयमा । उहाँले म यो काम छिटो भन्दा छिटो गर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं उपत्यकाभित्र सडक बत्ती जुन छ, त्यस सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले कयौँ वर्षदेखिको बिल हामीलाई पठाएको छ । करोडौँ करोड रुपैयाँ पठाएको छ । खासमा भन्ने हो भने पुष्ट्याँइ छैन ।  तसर्थ हामीले यस्तो किसिमको रकम जुन आएको छ त्यसलाई हामी कार्यान्वयन गर्न सक्दैनौँ । यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि स्मार्ट सिटी लाइट राख्दा ६०/४० को जुन नीति छ, त्यही बमोजिमले सडक बत्तीको पनि ६० प्रतिशत हामी तिर्छौं भने ४० प्रतिशत विद्युत प्राधिकरणले मिनाह गर्नुपर्छ । यसको निमित्त प्रधानमन्त्रीज्युले सम्बन्धित निकायलाई आदेश दिनुपर्छ भनेका छौँ । यो हुन्छ भन्ने जवाफ दिनुभयो ।’

प्रमुख महर्जनले ६०/४० को नीतिअनुसार सडक बत्तीको बिल पठाए आफूहरुले तिर्ने बताउनु भयो ।