• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

सलमान खानको सुरक्षामा लापरवाही, पनवेलको फार्म हाउसमा दुईजना प्रवेश गरे



एजेन्सी । बलिउड अभिनेता सलमान खानको सुरक्षामा लापरवाही भएको घटना बाहिर आएको छ । अभिनेताको सुरक्षालाई लिएर निरन्तर चर्चा रहेको छ । यस्तो अवस्थामा अभिनेताको फार्म हाउसमा दुई अपरिचित युवा प्रवेश गरेका छन् । यो घटना सलमान खानको पनवेल फार्महाउसमा भएको हो ।

अचम्मको कुरा के छ भने दुवै अभियुक्तबाट नक्कली परिचयपत्र पनि भेटिएको छ । हाल प्रहरीले दुवै युवालाई पक्राउ गरेको छ । सोमबार बिहान पनवेलस्थित सलमान खानको फार्म हाउसमा दुईजना व्यक्ति प्रवेश गरिरहेका थिए, सुरक्षाकर्मीले दुवैलाई रोके तर बल प्रयोग गर्न थाले । त्यसपछि आरोपीलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको थियो ।

अनुसन्धानका क्रममा दुवै युवासँग नक्कली परिचयपत्र पनि भेटिएको थियो । दुवैले आफूलाई सलमान खानका फ्यान भनेका थिए ।

अहिले यी दुई युवा को हुन्, उनीहरुको उद्देश्य के थियो र कहाँबाट आएका हुन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा प्रहरीको बयान आउन बाँकी छ । कलाकारको प्रतिक्रियाको पनि प्रतीक्षा छ ।

गत वर्ष सलमान खानलाई धेरै पटक ज्यान मार्ने धम्की आएको थियो । ग्याङ्स्टार लरेन्स बिश्नोईले पनि खुलेआम अभिनेतालाई धम्कीको इमेल पठाएका थिए जसका कारण सलमान खानलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको थियो । सलमान खानसँग सधैं १ वा २ कमाण्डो र २ पीएसओ हुन्छन् ।