५ मंसिर २०८१, बुधबार
,
Latest
रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप चित्ताकर्षक ‘सानो आँधीमूल’ पर्यटकको प्रतीक्षामा ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन मन्त्री बद्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी प्रधानमन्त्रीले विदेशमा राखेको भनिएको सम्पत्तिको यथार्थता सार्वजनिक गर्न राप्रपाका प्रवक्ताको माग भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज नेपाल आउँदै पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरपश्चिम पाकिस्तानमा बिस्फोट: ५ जनाको मृत्यु, १४ घाइते



अ+ अ-

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम बिस्फोटमा पाँच प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रदेशको बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम बिष्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै, उद्धार टोलीसहित प्रहरीको ठूलो टोली सो क्षेत्रमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान शुरु गरेको छ । बिस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।