• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला सात सय रूपैयाँले घटेर एक लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेर १४ सय १५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।