२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा एमालेले पहिला उम्मेदवारी दर्ता गराउने



अ+ अ-

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेले पहिला उम्मेदवारी दर्ता गराउने भएको छ । उम्मेदवारी दर्ता गराउन एमालेले १२:३० देखि १:३० समय माग गरेको हो ।

त्यसपछि सत्ता गठबन्धनका नेपाली काङ्ग्रेस, माओवादी केन्द्रका उम्मेदवारले १:३० देखि २:३० सम्मको समय माग गरेका छन् । आयोगमा माग भएको समयअनुसार पहिला एमाले र त्यसपछि गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराउने तयारी रहेको छ ।

लुम्बिनीमा एमालेकी तुलसा केसी र पाल्पाका झपेन्द्र जीसी उम्मेदवार छन् । यस्तै, माओवादीका झक्कु सुवेदी र काँग्रेसकी विष्णुकुमारी सापकोटा उम्मेदवार छन् ।