काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ।सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो।
एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।