९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

बरहथवा घटनाः आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति

बरहथवा घटनाः आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति
अ अ+ अ-

काठमाडौं । सर्लाहीको बरहथवामा भएको घटनामा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । स

हमतिपछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।

नगर अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने कि नगरकै मातहतमा राख्ने भन्ने विवादले उग्र रुप लिँदा बरहथवामा गोली चलेको थियो । प्रहरीको गोलीबाट जयशंकर साहको मृत्यु भएको थियो ।

११ बुँदे सहमति

१. मिति २०८० पौष २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनका कममा बरहथवा नगरपालिका वडा नं. ६ का युवा व्यवसायी जय शंकर साहको असामयिक निधनले अत्यन्त मर्माहत एवम् शोकमग्न भएका छौ। दुःखको यस घडीमा दिवङगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै समवेदना व्यक्त गरियो।

२. गृह मन्त्रालयद्वारा गठित छानविन समितिलाई सबै पक्षले आ-आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानविन गर्न सहयोग गर्ने।

३. पीडितको आश्रित परिवारको १ जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने।

४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानून बमोजिम प्रक्रिया पुरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने। अस्पताल सञ्चालन सम्बन्धमा बरहथवा नगर प्रमुख र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सहकार्य एवम् छलफलबाट टुंग्याउने।

५. अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक जय शंकर साहको शालिक स्थापना गर्ने।

६. उद्योग वाणिज्य संघ बरहथवा सहित पाँच दलीय गठबन्धनले सबै विरोधका कार्यक्रमहरु स्थगित गर्ने र विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्ति पूर्वक संचालनको लागि सबै पक्षले आ-आफ्नो तह र तप्काबाट सहयोग गर्ने।

७. मृतकको संम्झनामा निजको नामबाट प्रक्रिया पुयाई प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने।

८. दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउने।

९. मृतकलाई शहिद घोषणा गर्ने प्रक्रियाको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने।

१०.आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना, सवारी साधन लगायत सम्पत्तिको क्षतिको मूल्यांकन गरी सम्बन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने।

११. मृतकको पार्थिव शरीरलाई तत्काल व्यवस्थापन गरी पोस्टमार्टम पश्चात आफन्तलाई बुझाउने।