१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनहरीमा नेकपा एस, माओवादी र काँग्रेसबाट २२ जना एमाले प्रवेश



अ+ अ-

काठमाडौँ । मकवानपुरको मनहरी स्थित सुनाचुरिमा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) एवम् नेपाली काँग्रेस परित्याग गरि २२ जना नेकपा (एमाले)प्रवेश गरेका छन् ।

आज आइतबार भएको एमाले ६ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नवप्रवेशीलाई एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवाली र एमाले सचेतक महेश वर्तौलाले टीका र खादा लगाएर स्वागत गर्नुभयो ।

नेकपा (एमाले)मनहरी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदीले विस्तारित बैठकमा एकीकृत समाजवादी मनहरीका सचिवालय सदस्य गोरखनाथ श्रेष्ठको नेतृत्वमा ६ नम्बर वडा कमिटीको अध्यक्ष एवम् सचीवसहित सिंगो वडा कमिटी एमालेमा फर्किनु भएको जानकारी गराउनुभयो ।

अध्यक्ष सुवेदिले उक्त कार्यक्रममै नेपाली काँग्रेसको नेता फुलमाया जिम्बा, एकीकृत माओवादीको नेता कार्यकर्ताहरु गरि २२ जना साथीहरु एमालेमा प्रवेश गर्नु भएको जानकारी गराउनुभएको हो । सुवेदीले नवप्रवेशीहरुलाई बधाई व्यक्त गर्दै अबको वर्ग संघर्षको लडाईसँगै लड्ने र समाजवादको यात्रामासँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमाले प्रवेश गर्दै समाजवादीका नेता गोरखनाथ श्रेष्ठले आफूहरु घर झगडामा घर छाडेर गएको र यसले विकास विरोधी दक्षिणपंथी प्रतिकृयावादीहरुलाई फाइदा पुगेकोले आफूहरु एमालेमा फर्किएको बताउनुभयो ।

आजको विस्तारित बैठकमा एमाले मकवानपुरका नेताहरु बिरेन डिसि, लक्ष्मण उप्रेती लगायतको उपस्थिती रहेको थियो ।