२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

लहलहाउँदो गहुँबाली, किसान हर्षित

लहलहाउँदो गहुँबाली, किसान हर्षित
अ अ+ अ-

– वीरेन्द्र कर्ण 
वीरगञ्ज । जगरनाथपुर गाउँपालिका–३ बिजवनियाँका किसान अभय यादवले यस वर्ष १९ बिघा जग्गामा मेशिनले गहुँँ रोप्नुभएको छ । जिरोटिलेज मेशिनले खेतमा गहुँ बीउ छर्दा उहाँका छिमेकी किसानले पत्याएका थिएनन् तर यादवको खेतमा रहेको गहुँको बाला र अन्य किसानको गहुँबाला हेर्दा फरक देखिन्छ ।
  
किसान यादवले २०५४ सालदेखि परम्परागत गहुँ खेती विधिलाई त्यागेर खेत नजोतिकनै जिरोटिल मेशिनबाट खेती गर्दै आएकोमा यस वर्ष उहाँको खेतमा गहुँको बाला लहलहाउँदो देखिएको छ । धान खेतीबाट राम्रो उत्पादन लिएपछि उहाँले गहुँ खेतीमा पनि यो प्रविधि प्रयोग गर्नुभएको हो । किसान यादवको देखासिकी गर्दै अन्य किसानले पनि मेशिनको प्रयोग गरी गहुँ खेती गर्न थालेका छन् ।
 
यस भेगका किसानलाई मेशिनको प्रयोग गरी धान, गहुँ तथा मकै खेतीतर्फ आकर्षित गर्न कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जले मेशिनबाट खेती गर्दा हुने फाइदाबारे व्यापक प्रचारप्रसार गरेपछि किसानले मेशिनले खेती गरी मनग्य आर्थिक लाभ लिन थालेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यस वर्ष मकै खेतीको क्षेत्रफल बढाउनुभएको छ । चौधरीले खेती गर्न सहज लागेर नभई कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जले ल्याएको मेशिनबाट मकै रोप्ने प्रविधिका कारण खेती गर्ने क्षेत्रफल बढाउनुभएको हो । चौधरीले यसवर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गर्नुभएको छ ।
  
किसान चौधरीले अघिल्लो वर्ष मेशिनबाट मकै रोप्दा सबै खर्च कटाएर रु चार लाख ५० हजार मुनाफा कमाएपछि यस वर्ष हौसिएर साढे चार बिघा क्षेत्रफलमा मेशिनबाट मकै खेती गर्नुभएको छ । परम्परागत विधिभन्दा मेशिनले रोपेको मकै बाली सप्रिने, राम्रो घोगा र दाना लाग्ने भएपछि त्यस भेगका खेस्रौल, खैरवा, कञ्चनपुर, आँमाटारका करिब १० किसानले यस वर्ष करिब ३० बिघा क्षेत्रफलमा व्यावसायिकरूपमा मकै खेती गरेका छन् ।
 
 त्यसभेगका किसानले डिकाल ९०० एम, मायोनिप ३३५५, शङ्कर २२४४ जातको मकै लगाएर मेजप्लान्ट भन्ने मेशिनले पहिलो पल्ट तीन बिघा क्षेत्रफलमा मकै खेती गरेको किसान निरञ्जन चौधरीले बताउनुभयो । “चारपाङ्ग्रे ट्र्याक्टरबाट खेतमा चलाउन सकिने यो उपकरण मानिसले भन्दा व्यवस्थितरूपमा लाइनमा मकै रोप्दा बाली सप्रिँदो रहेछ”, उहाँले भन्नुभयो । ट्र्याक्टर चालकले मेशिन चलाएर मकै रोपेपछि विषादी छर्न लाग्ने मजदुरबाहेक मकै खेतमा मजदुर लगाउन नपरेकाले ज्याला खर्चसमेत बचत हुने भएकाले मेशिनबाट मकै रोपेको उहाँले बताउनुभयो ।
 
मकैको बीउ रोप्नुअघि कल्टिभेटर र रोटाभेटर मेशिनबाटै खेत जोतेको र ल्याण्ड लेभलर मेशिन चलाएर पल्ट मिलाउँदा समय र खर्च कम लागेको अर्का किसान सहदेव चौधरीले बताउनुभयो । कृषि अनुसन्धान केन्द्र मेजप्लान्ट मेशिन सिफारिस गरेको थियो । केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्राले चीनबाट खरिद गरी ल्याएको मेशिनलाई रानीघाटस्थित कार्यालयमा आवश्यक परीक्षणपछि किसानले उक्त मेशिन प्रयोग गर्न थाल्दा मकै खेती राम्रो हुन थालेको बताउनुभयो ।

“हाम्रो परीक्षणपछि उक्त मेशिन किसानका लागि अत्यन्त उपयोगी सावित भएपछि मेशिनको अत्यधिक प्रयोग हुन थाल्यो”, वरिष्ठ वैज्ञानिक मिश्रा भन्नुभयो, “यो मेशिनको प्रयोगले मकै बाली राम्रो हुन थालेपछि अहिले बारा जिल्लामा करिब ३० बिघा क्षेत्रफलमा किसानले मेशिन प्रयोग गरी व्यावसायिकरूपमा मकै खेती गरिरहेका छन् ।”

कृषि मजदुरको बढ्दो अभावका कारण किसानलाई समस्या हुँदै गएको र परम्परागत विधिबाट खेती गर्दा लागत, मेहनत र झञ्झट बढी हुने भएकोले किसानलाई यान्त्रिकीकरणतर्फ अभ्यस्त बनाउने प्रयासमा केन्द्र लागेको छ । किसानले यो उपकरण खरिद गर्दा बजार मूल्य करिब रु दुई लाख ५० हजार पर्नआउने भए पनि बारामा गत वर्षदेखि थुप्रै किसानले यो उपकरण प्रयोग गरी व्यावसायिकरूपमा मकै खेती गरी आर्थिक लाभ लिन थालेका छन् ।

जितपुर सिमरा–११ खेस्रौलकै किसान जितु झाले आफ्नो १० बिघा खेतमा मेशिनबाट उखु रोप्नुभएको छ । पछिल्लो समय कृषि मजदुर घट्दै गएको र परम्परागत ढङ्गले खेती गर्दा लागत बढी लाग्ने भएकाले यस वर्ष उहाँले पहिलोपटक उपकरणको मदतले उखु रोप्नुभएको हो । उहाँलाई मेशिनबाट उखु रोप्न कृषि औजार अनुसन्धान केन्द्रले अर्धस्वचालित मेशिन उपलब्ध गराएको छ । कृषि औजार अनुसन्धान केन्द्रले बुधबार हिउँदे बाली प्राविधिको एक दिवसीय स्थलगत अवलोकन तथा मूल्याङ्कन भ्रमण गरी किसानले मेशिनबाट खेती गर्दा हुने फाइदाबारे जानकारी गराएको थियो ।

कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जसँग जोडिएर २०५६ सालदेखि कृषियन्त्र प्रयोग गरी खेती गर्दै आइरहेका वीरगञ्ज महानगरपालिका–२६ सुगौलीबिर्ताका किसान नेमिलालप्रसाद साहले रासससँग मेशिनबाट खेती गर्दा उत्पादन बढी लिन सकिए पनि बजारको अभावमा ती उत्पादित सामान बेच्न समस्या हुने गरेको बताउनुभयो । रासस