१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्षमा बनाइने पहिलो होटल सन् २०२७ बाट संचालन हुने (फोटोफिचर)



अ+ अ-

एजेन्सी । अमेरिकी कम्पनी गेटवे फाउन्डेसनले अन्तरिक्षमा बनाउने भनिएको होटल सन् २०२७ भित्र संचालनमा आउने भएको छ। सीएनएनका अनुसार उक्त होटल भ्रमणमा जान एकपटकमा एक व्यक्तिले २ लाख ५० हजार अमेरिकी डलर तिर्नुपर्नेछ।

सन् २०१९ मा ल्याइएको अवधारणाअनुसार गेट वे फाउन्डेसनले क्रुज जहाजजस्तै होटल अन्तरिक्षमा बनाउनेछ। अर्बिटल एसेम्ब्ली कर्पोरेसनले यो होटल बनाउने जिम्मा पाएको छ। पूर्व पाइलट जोन ब्लिन्कअले यस कम्पनी चलाइरहेका छन्।

उनी नै गेटवे फाउन्डेसनका प्रमुख पनि हुन्। उनी भन्छन्,‘हामी सर्वसाधारणलाई यो महसुस गराउन चाहन्छौं कि अन्तरिक्षमा भ्रमण गर्ने सुनौलो समय सुरु भयो। यो चाँडै आउँदैछ।’ यसअघि अन्तरिक्षलाई पर्यटकीय क्षेत्र बनाउने विषयमा अमेजनका कार्यकारी अधिकृत जेफ बेजास तथा स्पेस एक्सका प्रमुख एलन मस्कबीच पनि कुराकानी भएको थियो।

तर जोन ब्लिन्कअले भने हाल कसैसँग सहकार्य नगर्ने र पछि मात्र यसबारेमा सोचिने बताएका छन्। यदी तपाइँको अन्तरिक्षयात्री बन्ने चाहना छैन भनेपनि अब अन्तरिक्षमा जाने सम्भावना भने बढेर गएको छ। (सीएनएन)