१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

दुतावासले सिधै २० करोड वितरण गर्नेकुरा खेदजनक छ, स्वीकार्य हुँदैन: ईश्वर पोखरेल

दुतावासले सिधै २० करोड वितरण गर्नेकुरा खेदजनक छ, स्वीकार्य हुँदैन: ईश्वर पोखरेल
file photo
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गरेको भारतीय राजदुतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सहमतिको बिरोध गर्नुभएको छ ।

आईतवार काठमाडौंमा राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि देशले बजेटअन्तर्गत नभइ सिधा जनतामा वितरण गर्नेकुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको जिकिर गर्नुभयो ।

उहाँले सरकारले गरेको सो सहमति र सम्झौताको विपक्षमा नेकपा एमाले रहेको बताउनु भयो । उहाँले यो सहमति राष्ट्रिय हित विपरित रहेको दाबी गर्नुभयो । उहाँले सिधा दुतावासले वितरण गर्नेकुरा खेदजनक रहेकाले नेकपा एमालले स्वीकार गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धनको सकरार, त्यो गठबन्धनलाई नेतृत्व गर्ने प्रधानमन्त्री छिमेकी मुलुकमा भ्रमण गर्न जाँदा आफ्नो भूमि फिर्ता ल्याउने बारेमा चुँसम्म पनि बोल्न सक्नुहुन्न । एक शब्द बौल्दैनन् । हाम्रो अतिक्रमित भूमि फिर्ता लिनुपर्छ भन्नेकुरामा कुटनीतिक पहल र प्रयत्न पनि गर्दैनन् । त्यस्तो एउटा निर्लज्ज र कायर खालको भुमिका उनले खेलिरहेका छन् । हामी त्यसको निन्दा र भन्त्र्सना गर्न चाहन्छौँ । अहिले एउटा छिमेकी मुलुकका परराष्ट्रमन्त्री आउँछन् । हिजो कुनै बेला तीन करोड वितरण गर्दथ्यो राजदुतावासले । त्यसपछि ५ करोड वितरण गर्नेकुरा प्रारम्भ गरियो । अहिले २० करोड पुर्‍याइएको छ । त्यो हाम्रो राष्ट्रको बजेटअन्तर्गत होइन । बजेटको अंग बनाएर होइन । अब कुनैपनि मुलुकको राजदुतावासले नेपाल भित्र आएर पैसा वितरण गर्ने र आफ्ना मान्छे बनाउने योजनाको डरलाग्दो षड्यन्त्रपूर्ण योजना बनाइएको छ । नेकपा एमाले त्यो सहमति र सम्झौताको बिरोध गर्दछ र त्यसमा असहमति प्रकट गर्दछ । यो राष्ट्रिय हितको विपरित हो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच पुग्ने कुरा हो । भारतको मात्रै कुरा होइन कुनैपनि देशले सहयोग गर्छ भने स्वागत गर्दछौँ तर त्यो सहयोग बजेटअन्तर्गत वितरण गर्नुपर्छ । सिधा दुतावासले वितरण गर्नेकुरा खेदजनक छ, त्यो मान्य हुन सक्दैन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले देशको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर बनेको बताउनु भयो । उहाँले सरकारले अपाङ्गतामैत्री नीति बनाउन आवश्यक रहेको बताउनु भयो ।