१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनबीच राष्ट्रियसभा पदमा भागबन्डा: कुन प्रदेशमा कुन दललाई ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्ताधारी गठबन्धन दलबीच राष्ट्रियसभाको १९ वटै सिटमा भागबन्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ताधारी गठबन्धनको बैठकमा उक्त सहमति भएको हो ।

सहमतिअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन् । एउटा राष्ट्रपतिले मनोनित गर्ने सिटमा भने राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको छ । उक्त सिटमा जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई उठाउने भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार कहाँ कसले उम्मेदवारी दिने भन्नेबारेमा पनि करिब टुंगो लागिसकेको छ । उहाँका अनुसार संख्यामा कुरा मिलेको र कहाँ कसले उम्मेदवारी दिने भन्ने पनि लगभग टुंगो लागेको छ, । बाँकी पनि अब केही बेरमा टुंगो लाग्ने उहाँले बताउनुभयो ।

यद्यपि बैठकमा मोटामोटी ढंगले सहमति भएकाले केही सिट यताउता हुनसक्ने संकेत गर्नुभयो । राष्ट्रियसभामा बागमतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ गरी ९, कोशी, मधेश र लुम्बिनीबाट २/२ गरी ६ समेत १९ सीटका लागि निर्वाचन हुँदैछ ।

कांग्रेसले पाएका १० सीटमा बागमती, गण्डकी र सुदूरपश्चिममा २/२ गरी ६ तथा कोशी, मधेश, लुम्बिनी र कर्णालीमा १/१ सीट रहेका छन् ।

माओवादीको भागमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णालीमा र सुदूरपश्चिममा १/१ गरी ६ सीट परेको छ ।

तीन सीट दाबी गरेको नेकपा एकीकृत समाजवादीले बागमती र कर्णालीमा १/१ सीट प्राप्त गरेको छ । यद्यपि उसले ३ सीट दाबी गरे पनि २ सीट मात्रै पाएपछि असन्तुष्टि जनाएको छ ।

बालुवाटार बैठकलगत्तै उसले सचिवालयको बैठक बोलाएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले मधेसमा १ सीट पाएको छ ।