काठमाडौं । माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको लागि नेकपा एमालेले बागमती प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ।
एमालेले बागमतीबाट दोलाखाकी रोच कुमारी चौँलागाई, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रियसभा निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ।