• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम माओवादी सरकारले गरिरहेको छ: पहाडी



वीरगञ्ज . शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको =atfpg’ ePsf] 5 .

वीरगञ्जमा मानव अधिकार तथा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठककको उद्घाटन सत्रमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले क्षेत्रीय, जातीय, धार्मिक लगायत संवेदनशिल विषयतर्फ इङ्गीत गर्दै मन्त्रीहरु अराजक भएको र सरकारले समाजलाई जोड्ने होइन तोड्ने काम गरिरहेको बताउनुभएको हो ।

पहाडीले निषेधात्मक, दण्डात्मक, प्रतिबन्धात्मक र प्रतिशोधात्मक मार्गमा अघि बढेको हुँदा लोकतन्त्र धरापमा परेको भन्दै पहाडीले भ्रष्ट नेतालाई कारबाही गरि लोकतन्त्र जोगाउन सबैलाई आह्वान गर्नुभयो ।

परिषद् बैठकलाई सांसद डा. अमरेशकुमार सिंहले भ्रष्टाचारका हरेक ठूला काण्डमा शिर्ष नेताहरुको संलग्नता रहेको र भ्रष्टाचारमा सर्वदलिय सहमति हुने गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीको संलग्नता रहेका भ्रष्टाचारका दर्जनौ घटनाको बारेमा प्रकाश पार्नुभएको थियो ।

सहभागिहरुको प्रश्नको जबाफ दिँदै सांसद सिंहले एनसेल महाघोटालामा कुन नेताले कति खाएका छन् र कति प्रतिशत सेयरमा देश विरुद्ध घात गरेका छन् भन्ने फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।