२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा: जनमोर्चाकी दुर्गा पौडेललाई राष्ट्रपतिले मनोनीत गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षलाई राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रियसभा सदस्य बनाइने सहमति सत्तारुढ गठबन्धनबीच भएको छ ।

आइतबार बिहान बसेको बैठकमा कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव भए पनि एकीकृत समाजवादीले तीन सिट मागेकाले सहमति हुन सकेको छैन ।

कूल २० सिटमध्ये राष्ट्रपतिले मनोनित गर्ने सिटमा भने जनमोर्चाकी दुर्गा पौडेललाई बनाइने बैठकमा सहमति भएको हो । राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।

नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल प्रतिनिधि सभा निर्वाचनमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापासँग पराजित भएकी हुनुभएको थियो ।